Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

‘सार्थक फेशन बुटिक’ को तेश्रो शाखा चाबहिल प्लाजामा खुल्यो (फोटो फिचर)

बुटिकको 'मिस नेपाल इन्टरनेशनल - २०१७' की बिजेता नीति शाहद्वारा उद्घाटन, करिब ४५ लाखको लगानी

आईतवार, ३ भाद्र २०७५, - आहा खबर संवाददाता.

काठमाडौं, भदौ ३ ।

करिब १ साताअघि चाबहिलमा एक भव्य कार्यक्रमकाबीच शुभारम्भ गरिएको चाबहिल प्लाजामा नयाँ बुटिक सञ्चालनमा आएको छ । प्लाजाको पहिलो तल्लामा रहेको सार्थक फेशन बुटिकको 'मिस नेपाल इन्टरनेशनल - २०१७' की बिजेता नीति शाहले शनिबार उद्घाटन गरेकी हुन् ।

बुटिकको उद्घाटन गर्दै शाहले अहिले आम मानिसमा समेत फेशनप्रतिको धारणामा परिवर्तन आएको उल्लेख गर्दै सार्थक फेशन बुटिकले सफलता पाउनेमा आफू बिश्वस्त रहेको बताइन् । 

उद्घाटनका अवसरमा बुटिकले प्लाजा प्राङ्गणमा विविध मनोरञ्जनात्मक कार्यक्रमको समेत आयोजना गरेको थियो ।

उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष अनिता बिन्दु, वरिष्ठ साहित्यकार नीलम कार्की निहारिका तथा चाबहिल प्लाजाका प्रबन्ध निर्देशक निलेश मानन्धर लगायतको उपस्थिती रहेको थियो । 

उद्घाटनका अवसरमा आहा खबरसँग कुरा गर्दै बुटिक सञ्चालक तथा फेशन डिजाइनर समेत रहेकी सीता भट्टराईले साधारण मुल्यमै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले चाबहिल प्लाजामा तेश्रो बुटिक सञ्चालनमा ल्याएको बताइन् ।

‘हामी बुटिकमा जाँदा अन्य पसलमा भन्दा महंगो मुल्य तिर्नुपर्छ भन्ने आम कन्सेप्टलाई तोड्न चाहन्छौं ।’ उनले भनिन्, ‘अहिले उमेर ढल्किसकेका महिलामा समेत फेशनले  निकै राम्रो प्रभाव पारेको छ । तसर्थ हामीले सबै उमेर समूहकालाई लक्षित गरेर साधारण मुल्यमै सेवा लिन सकिने गुणस्तरीय बुटिक सञ्चालनमा ल्याएका हौं ।’

बुटिक सञ्चालक एवम् डिजाइनर भट्टराई लामो समयदेखि यसै पेशामा आबद्ध छिन् । उनले हालसम्म थुप्रै चिरपरिचित नेपाली कलाकारदेखि आफ्नो पेशामा ख्याती कमाएका बिभिन्न व्यक्तित्वहरुलाई समेत आफ्नो उत्कृष्ट सेवामार्फत सन्तुष्ट बनाइसकेकी छिन् ।

उनले थपिन्, ‘फेशनका फरक-फरक विधाका लागि हामीकहाँ छुट्टा–छुट्टै डिजाइनरहरु छौं । जसमध्य म पनि एक सदस्य हुँ । ग्राहकहरुको पूर्ण सन्तुष्टिका लागि हामीले यसो गरेका हौं । तसर्थ, म विश्वास दिलाउन चाहन्छु की - हामीकहाँ एक पटक आइसकेको ग्राहक त्यसपछि अन्यत्र जानुपर्ने अवस्था आउने छैन ।’

सन् २००४ सालमा स्थापित सार्थक बुटिकको चाबहिल प्लाजामा खुलेको यो नयाँ बुटिक तेश्रो शाखा हो । सार्थकले प्लाजामा पहिलो पटक नयाँ बुटिक सञ्चालनमा ल्याएकोे हो ।

जसमा करिब ४५ लाख रुपैयाँ बराबरको लगानी रहेको प्रबन्ध निर्देशक तथा डिजाइनर सीता भट्टराईले आहा खबरलाई बताइन् । 

आगामी सन् २०२० सालसम्ममा ५ वटा शाखा पुर्याउने कम्पनीको योजना छ ।

त्यस्तै, बुटिकले ग्राहकहरुलाई वितरण गर्दै आएको कस्टमर कार्ड मार्फत आफूलाई पायक पर्ने जुनसुकै शाखामा गएर सुविधा सहित सेवा लिने व्यवस्था समेत मिलाएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू