Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

गान्धीको तीर्थयात्रा

भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले पहिलो पटक गरे पशुपति दर्शन

शुक्रबारमात्रै काठमाडौं ओर्लिएका अध्यक्ष गान्धीले शनिबार बिहानै भगवान शिवको दर्शन गरे, अब ल्हासा हुँदै मानसरोवर जाने उनको योजना

शनिबार, १६ भाद्र २०७५, सगरमाथा पोष्ट

काठमाडौं, भदौ १६ । 

चौंथो बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र भारत प्रस्थान गरकै दिन यही आइपुगेका भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले हिन्दुहरुका भगवान शिवको दर्शन गरेका छन् । अकस्मात नेपाल आइपुगेका गान्धी शनिबार बिहानै पशुपति दर्शन गर्न पुगेका हुन् । शुक्रबारमात्रै काठमाडौं ओर्लिएका राहुल शनिबार बिहान पशुपति पुगेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणकै क्रममा रहेका बेला गान्धी काठमाडौं आइपुगेका थिए । उनि शुक्रबार दिउँसो इन्डिगो एअरलाइन्सको नियमित उडानबाट २ बजे मानसरोबर जाने क्रममा सुटुक्क काठमाडौंमा उत्रिएका हुन् ।


 

किन आए गान्धी काठमाडौ ? 

भारतको राजनीतिमा अहिले मोदीको निरन्तर तीर्थ यात्राको विषय समेत चर्चाको विषय बन्न थालेको छ । विशेषगरी हिन्दु धर्मका विभिन्न मुद्दालाई आफ्नो केन्द्रमा राखेको संघ परिवारबाट संरक्षित भारतीय जनता पार्टीलाई त्यहाँका विपक्षीले समेत नजिकबाट नियालीरहेको बताइन्छ । त्यसैको काउन्टरका रुपमा प्रम मोदीकै शैलीमा अध्यक्ष गान्धीले पनि तीर्थयात्रा गर्न थालेका दाबी गरिएको छ ।

हिन्दुहरुको ठूलो भोटको समर्थनमा सत्ता चलाएको भाजपालाई माथ गर्ने शुत्रकारुपमा विपक्षीले आफ्ना अध्यक्षलाई तीर्थयात्रामा हिडाएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । साथै, यसो गर्नाले आगामी चुनावमा गान्धीलाई थप  हिन्दुहरुको समर्थन मिल्ने समेत विश्लेषण गरिन्छ । 

त्यसैको शिलशिलामा नै तिब्बतको कैलाश मानसरोबरको यात्रामा जानका लागि उनी काठमाडौं आएका हुन् ।  गान्धी शनिबार नै  तिब्बत जाने कार्यक्रम यसअघि नै तय भैसकेको छ । अध्यक्ष गान्धी गएराति लाजिम्पाटस्थित होटल र्याडिसनमा बसेका थिए ।

गान्धीको भ्रमण तालिकामा अकस्मात परिवर्तन 

नेपाली सुरक्षा निकायहरूले शनिबार बिहानसम्म राहुल यति एयरलाइन्सबाट नेपालगञ्ज हुँदै मानसरोवर जाने जाने सूचना पाएका थिए । किनभने, त्यही एयरलाइन्सको टिकट सूचीमा उनको नाम थियो । 

त्यसै अनुसार नेपालगञ्जमका पनि उनको सुरक्षा प्रबन्ध मिलाइएको थियो । तर, शनिबार बिहान अकस्मात उनले आफ्नो योजना परिवर्तन गरे र, ल्हासा हुँदै मानसरोवर जाने योजना बनाए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू