Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

“कोभिड–१९ को बेलामा स्व–स्याहार र सु–स्वास्थ्य सम्बन्धी १३ औं निडवान सम्वाद श्रृंखला”

मंगलवार, ३० भाद्र २०७७, सगरमाथा पोष्ट.
कोभिड १९ को वर्तमान अवस्थालाई सम्बेदनशील र गहन रुपमा बुझने प्रयासको साथ सिमान्तकृत समुदायहरुको स्व–स्याहार र सु–स्वास्थ्य सम्बन्धी भरच्र्युल छलफल र अन्तक्रिया कार्यक्रम १३ औ राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल (निडवान) संम्वाद श्रृंखलामा गरिएको थियो । प्रत्येक महिनाको दुई पटक गरिने निडवान सम्बाद श्रृखलामा समाजका विविध सामाजिक, आर्थिक, सांस्कृतिक, मानसिक र व्यक्तिगत विषयमा कोभिड–१९ ले पारेका प्रभाव, असर, र समाधानका उपायहरु विभिन्न विषय विज्ञ, सेवा प्रदायक, सरोकारवाला निकाय र अधिकारवालाको उपस्थितीमा छलफल गरिएको थियो  । 
 
१३ औं निडवान सम्बाद श्रृखलाका सहजकर्ता एंवम र राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालका अध्यक्ष श्री प्रतिमा गुरुङ्गले कोभिड–१९ र अन्य सामान्य बेला प्रत्येक व्यक्तिको लागि आफ्नो स्व–स्याहार र सु–स्वास्थ्य महत्वपूर्ण हँुदा पनि अहिलेको आधुनिक र व्यस्त समयमा सबै व्यक्तिले त्यस सम्बन्धी चासो नराख्दा समस्याहरु जटिल हुँदै गएको र विभिन्न मानसिक समस्याहरु सृजना भएको भन्ने कुरा अवगत गराउदै कार्यक्रम शुरु गर्नु भएको थियो । संम्वाद श्रृखलाका अतिथि वक्ता डा. छोरी लक्ष्मी महर्जनले अहिलेको कोभिड–१९ बेलामा स्व–स्याहार र सु–स्वास्थ्य अझै बढी आवश्यक रहेको जानकारी गराउनु भयो । 
मनोविद तथा कार्यक्रमका अतिथि वक्ताले सिमान्तकृत समुदाय महिला, ज्येष्ठ नागरीक, अपांगता भएका व्यक्ति, आदिवासी जनजाति, दलित, मुस्लीम, यौनिक तथा अल्पसंख्यक समुदायको लागी स्व–स्याहार र सु–स्वास्थ्यको बारेमा जानकारी हुन र त्यसलाई प्रत्येक समुदायले आफ्नो व्यक्तिगत जिवनमा पालन गरी आत्मबल बलियो बनाउनु पर्ने जानकारी दिनु भयो । मानिसले आफ्नो भावनालाई बग्न दिनु हुँदैन्, आफ्नो सु–स्याहार आफैले गर्नु पर्ने र आफु बलियो भयो भने मात्र अरुलाई सहयोग गर्न सकिन्छ भन्ने कुरामा जोड दिनु भयो । अपांगता भएका व्यक्तिहरुको शारिरीक, अध्यात्मिक, सामाजिक, र बौद्धिक पक्षहरु जोडीएको हुन्छ, जसका लागि माया, करुणा, सकरात्मक सोच धारणा, आत्मबल, र स्वालम्बन हुन जरुरी रहन्छ । त्यसैले आफुले आफैलाई माया गर्ने, अँगालो मार्ने र आत्मीयपन बढाउने व्यवहारहरु गर्नु पर्छ भन्ने सुझाब पहिलो सत्रको प्रस्तुतिमा दिनु भएको थियो । साथै दोस्रो सत्रमा सहभागीहरुको जिज्ञासा, धारणा र प्रश्नहरु छलफल र प्रयोगात्मक अभ्यास मार्फत सहज र सजिलो किसिमले वताउनु भएको थियो । 
 
उक्त सम्वाद श्रृंखलाको सहजीकरण आयोजक संस्थाले भदौ २७ गते शनिवारको दिन गरेको थियो । आयोजक संस्थाले यो भन्दा अगाडीको सम्बाद श्रृखलामा पनि कोभिड–१९ र सिमान्तकृत समुदायका वहसह संचेतना वकालत र पैरवी गर्ने उदेश्यका साथ निरन्तर रुपमा गर्दै आईरहेको छ । समाजका समसामायिक विषयहरुमा छलफल गरिने, संवाद श्रृखलामा सहभागीहरुले स्व–स्याहार र सु–स्वास्थ्य सम्बन्धी छलफल सान्दर्भिक र समय अनुकुल भएको जानकारी गराउदै आगामी दिनमा पनि यस्तै समसामायिक विषयमा निरन्तर बहस पाउने शुभेच्छा सहभागीहरु बाट व्यक्त भएको थियो । कार्यक्रमका सहभागीहरु महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति, यूवा, र विभिन्न दातृ निकायहरुमा सम्लग्न ९३ जना व्यक्तिहरुको सहभागिता थियो । सो संवाद श्रृङखलालाई प्रभावकारी संञ्चार र सुचना दिने उद्देश्यका साथ साङकेतिक दोभाषेको व्यवस्था गरिएको थियो । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू