Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेपाली महिला विश्व सञ्जाल लस एन्जलर्स च्याप्टरद्धारा भव्य कार्यक्रम आयोजना

बुद्धबार, २५ फागुन २०७८, सगरमाथा पोष्ट.
काठमाण्डौं । ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेपाली महिला विश्व सञ्जाल लस एन्जलर्स च्याप्टर अमेरीकाले क्लोज जुम मिटीङको आयोजना गरेको छ । 
पक्षपात बिनाको समाज निर्माण गरि समानताको खोजी गदै नारी पुरुष हरेक क्षेत्रमा बराबर लागौं भन्ने सन्देशका साथ आयोजना गरेको मिटिङमा बिभिन्न क्षेत्रमा प्रतिष्ठा कमाएका बिद्धतबर्गहरुको सहभागीता रहेको थियो । 
कार्यक्रममा  श्रीकृष्ण प्रणामी धर्माचार्य, जगतगुरु कृष्णमणी महाराज श्रीले प्राचीन इतिहाँस र बैदिक ग्रन्थहरुमा महिलाको स्थान उच्च रहेपनि पश्चीमा मुलुकको प्रभावमा बिगत दुई सय बर्ष यता हिन्दु महिला र पुरुषमा बिभेद बढेको बताउनुभयो । 
हिन्दु धर्म मानिएको नेपाल र भारत लगायतको मुलुकमा महिलाहरु राष्ट्रपति र प्रधानमन्त्री सम्म बनेको उल्लेख गदै महाराजले बाह्य संस्कृतिको चपेटामा परेको हिन्दु धर्मलाई जोगाँउदै महिला माथीको बिभेद अन्त्य गर्न लाग्नुपर्ने बताउनुभयो । 
महिलाहरुलाई घरको बन्धन र पुरुषको नियन्त्रणमा राख्न नहुने बताँउदै महाराजले रोजगारीले महिला र पुरुषलाई समानता र स्वतन्त्रता दिलाउने बताउनुभयो । 
महाराजले भन्नुभयो “पहिला परिवारका एक जना पुरुषले कमाए परिबार चल्थ्यो, अहिले परिवारको आवश्यकता र चाहना बढेको छ, त्यसका लागि नारी र पुरुष दुवैका लागि रोजगारी जरुरी छ, जस्ले परतन्त्रताको भावना हटेर समानता र स्वतन्त्रताको निम्ती भाबना जागृत गर्नेछ ” 
सहभागीलाई स्वागत गदै नेपाली महिला विश्व सञ्जाल लस एन्जलर्स च्याप्टर अमेरीकाकी कार्यकारी अध्यक्ष सपना सेढाँई थपलियाले रोजगारीमा हुने स्वतन्त्रता र समानताले मात्र नारी पुरुष बिचको बिभेद अन्त्य हुने बताउनुभयो ।
नारी दिवसलाई पिडाको रुपमा नभई उत्सबको रुपमा मनाँउनुपर्ने बताँउदै थपलियाले नारी÷नारी बिच सहयोगी भाबनाको बिकास हुनुपर्ने बताउनुभयो । 
उहाँले भन्नुभयो “जेण्डरलाई बायस होइन तर जेण्डरको आड लिएर सोसाइटीमा भएका अनइक्वेल प्राक्टीस बायस हुन् । हामीले तोडने यहि हो ।”  
नारीहरुले सामाजीक, आर्थिक, राजनैतिक र संस्कृति उपलव्धी कसरी गरिरहेका छन् त्यसको समिक्षा गर्न जरुरी रहेको बताँउदै थपलियाले महिलाले समाजमा दिएका योग्दानहरु र सकारात्मक पक्षहरुलाई हेरेर र गर्भका साथ अगाडी बढने ठाँउ रहेको बताउनुभयो । 
अमेरीकाका लागि नेपाली महाबाणीज्य दुत ऋषी पुंकर ढकालले नारी र पुरुष बिचको बिभेद अन्त्यको लागि नारीले आफनो कार्यक्षमता र दक्षतालाई बढाउनुपर्ने बताउनुभयो । 
उहाँले भन्नुभयो “नारी र पुरुष उस्तै शरिर र दिमाग लिएर जन्मीएका हुन् त्यसलाई बढी प्रयोग र आफ्नो क्षमता पुरुषले बढी देखाए र अगाडी देखिए अब नारीहरुले पनि त्यसलाई प्रमाणीत गर्नु जरुरी छ”
अमेरीकामा दिन प्रतिदिन नेपाली महिला उद्यमीहरु बढी रहेको बताँउदै महाबाणीज्यदुत ढकालले समग्र अमेरीकामा १८ प्रतिशत महिला उद्यमी रहेको बताउनुभयो । अमेरीकामा महिला उद्यमीहरु पनि केहि देशकै उत्कृष्ट १० मा पर्न सफल भएको समेत बताउनुभयो । 
वल्ड नेवा अर्गनाइजेसनकी एक्जुकेटीम बोर्ड मेम्बर अनिता प्रधानले महिला माथी कार्यक्षेत्रमा हुने पुर्वाग्रहको अन्त्य हुनुपर्ने बताउनुभयो । 
एउटै कामका लागि महिलाले क्षमता देखाउनु पर्ने र पुरुषलाई त्यो बाध्य नहुने अवस्था विद्यमान विश्वभरमानै रहेको बताँउदै प्रधानले काम गर्ने क्षमता सित सम्बन्धीत पुर्वाग्रहले महिलाको प्रगतिमा बाधा पुगेको बताउनुभयो । 
कार्यक्रममा नेपाली महिला विश्व सञ्जालकी केन्द्रीय अध्यक्ष अभिमा उप्रेतीले महिला माथीको बिभेदको लडाई महिला र पुरुषको नभई समान समाज निर्माणको लडाई रहेको बताउनुभयो ।  
उप्रेतीले रोजगारीमा समानता र स्वतन्त्रताका लागि परिवर्तन म र मेरो परिवार हुंदै सुरु गरिनुपर्ने बताउनुभयो । पुरुषले पाउने ८५ प्रतिशत तलब मात्र महिलाले पाउने गरेको अध्ययनले देखाएको बताँउदै उप्रेतीले तलबको लागि बार्गेनिङ गर्ने क्षमता महिलाले बनाउनु पर्ने बताउनुभयो । 
एमकस नेपालकी एक्जुकेटीभ डाइरेक्टर बिजयाराज श्रेष्ठ महिला माथी हुने बिभेदका बिरुद्ध विश्वभरका महिलाहरु एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले बिभेदपुर्ण कानुन र समान अवसरकार लागि पैरवी हुनु जरुरी रहेको बताउनुभयो । 
कार्यक्रममा ब्रहमकुमारी शिवानी दिदी, कानुन व्यवसायी यज्ञ नेपाल, दमक नगरपालीकाकी उपमेयर गिता अधिकारी, संगिता फाउण्डेसनकी अध्यक्ष संगिता शिवाकोटी,अमेरिका नेपाली नर्स सोसाइटीकी बरिष्ठ उपाध्यक्ष टिका आङदावी, डा गायत्री सुवेदी, रुकमणी कार्की, विद्या रञ्जीत, गिता डंगोल, एनआरएनए अमेरिकाको अध्यक्ष बुद्धिसागर सुवेदी, महिला उपाध्यक्ष दिक्षा लगायतले महिला माथीको बिभेदलाई अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाँउबाट योग्दान दिनुपर्ने बताउनुभयो । 
जुम मार्फत भएको कार्यक्रममा ३७ जनाको सहभागीता रहेको थियो भने शास्त्र स्कुल टोरेन्स अमेरीकाले नारी शक्तिको बारेमा नृत्य समेत प्रस्तुत गरेको थियो । 
नेपाली महिला विश्व सञ्जाल लस एन्जलर्स च्याप्टर अमेरीकाले तुलसा हरिहर फाउण्डेसन, काठमाण्डौंलाई ४० हजार र कुसुम सहाराको घरलाई १० हजार आर्थिक सहयोग समेत प्रदान गरेको अध्यक्ष थपलियाले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू