Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

लघुकथा : स्वर्गद्वारी कथाकार : गोविन्दराज कोइराला

बुद्धबार, २५ फागुन २०७८, सगरमाथा पोष्ट.
गोविन्दराज कोइराला,
बैंकको जागिर बाट निबृत्त भए पछि उनी निकै बिरक्तिए । के रहेछ र खै ? बरु बांकी जीन्दगी स्वर्गद्वारी तिर गएर बिताए भोलि राम्रो होला कि ? भन्ने ठाने घर परिवार लाई समेत थाह दिएनन प्रस्थान गरे । बसले लगेर तल बेसिमा झार्यो । झोला लिए नजिकैको पसलमा चिया पिउन पसे । हजुर लाई के ल्याम होला भन्दै आएकि महिला लाई उनले चिने । मास्कमा रहेका उनलाइ महिलाले चिनिनन । यी तिनै महिला थिइन जस्लाइ १०/१२ बर्ष अघि बैंक बाट सानु ब्यवशाय पसल गर्न रु ३० हजार कर्जा दिएका थिए । झण्डै १२ बर्ष अघि बैंक को छेवैको घरको कोठा भाडामा लिएर पसल गर्ने महिलाका साथमा भर्खरकि सानी बालिका थिएन । ३०/ ३२ कि उनि कुर्ता सुरुवालमा केही मेकप सहित आएकि थिइन । पसल बढाउने मनसायले तीस हजार कर्जा मागेकी उनी सङ्ग धितो थिएन । यिनी लोग्ने सङ्ग झगडा गरेर याहाँ आएकी रहिछन । बैंक ले चिनेको धन जमानी दिने अरु कोहि ब्यक्ती ल्याउन सके कर्जा दिने भनेको थियो । महिलाले जमानी कागज गरि दिने ब्यक्ती खडा गरिन जसलाइ बैंक म्यानेजरले राम्ररी चिन्थे । छिमेकी गाउंका ब्राह्मण हुन । श्रीमति सहित छोरा छोरी बुहारी नाति नातिनी सम्मको परिवार । खान पुग्ने खेत बारि गाई भैंसी सबै थोक भएका । बुहारी नै स्कुल पढाउने शिक्षिका भए पछि राम्रै चलन चांजो मिलाएका गाउंका पुरोहित । उमेर त्यो बेला ५५ ,कमेज सुरुवाल र सेतो गम्छामा प्राय: देखिने यिनको नाम कृष्ण बाजे हो । यी नानी को हुन भनेर सोद्धा भान्जी हुन कर्जा दिए हुन्छ भने अनि अलि बिस्तरै मुन्टो हल्लाउँदै भान्जी पर्छिन भने । कर्जा लिएको २ बर्ष पनि पुगेको थिएन उनको पसलमा ताला लागेको खबर आयो । सोध खोज गर्दा उनले पसल बेची सकेकि रहिछन । कर्जा फांटको कर्मचारी लाई तनाव भयो । कर्जाको किस्ता त कता कता ब्याज पनि आएको रहेन छ । तैपनि बैंक ढुक्क थियो । कृष्ण बाजेको जमानतमा दिएको कर्जा न उठला भन्ने थिएन । बैंक कर्मचारी बाजेको घर जांदा थाहा पाए बाजेले परिवार लाई समेत थाहा न दिई बेपत्ता भएको करिब १ बर्ष भै सकेको रहेछ । गाउँ घर तिर बाजेको घरमा दिनहुँ झगडा चल्थ्यो बुढामा बैराग चल्यो , हिंडे स्वर्गद्वारी तिर लागे अरे भनेको सुनियो । घरमा पनि खासै चासो कसैले राखेको पाएनन । ऋणदाता लाई भने जसरी पनि खोजी गर्नु थियो । बैंक कर्मचारी ले पत्रीकामा बुढाको नाम छापेर सुचना प्रवाह गरेको केही दिनमा उनको खातामा रकम जम्मा भयो । कर्जा चुक्ता भयो । बैंक लाई अरु खोजी रहन आवस्यक थिएन भएन । आज उनै महिला लाई एक्कासि भेटे पछि पुर्ब म्यानेजरले मास्क खोले । महिलाले पनि चिनिन नस्कार गरिन । म्यानेजर ले हत्त पत्त सोधे होइन तपाइँ लाई धन जमानी दिने कृष्ण बाजे बेपत्ता हुनु भो नि थाहा पाउनु भो ? उनी अलि लजाइन र भनिन " सर पनि थाहा पाई पाई सोध्नु हुन्छ" । उ के त पसलको काउन्टरमा बस्ने वहाँ होइन ? बल्ल म्यानेजर साहेब लाई छ्याङ्ग भो बुढा त स्वर्गद्वारिको ठाडै खसिएला जस्तो उकालो चढन छोडेर यतै पो रमाएका रहेछन ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू