Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

धान जोनका कमाण्ड एरियालाई मलको छुट्टै व्यवस्था गरियोस : धानजोन अध्यक्ष पाठक

बिहीवार, १६ आषाढ २०७९, सगरमाथा पोष्ट.
काठमाण्डौं । प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना नुवाकोट अन्तर्गतको धान जोनका अध्यक्ष बिनोद पाठकले धान जोनका कमाण्ड एरियालाई मलको छुट्टै व्यवस्था मिलाउन माग गर्नुभएको छ । 
धान दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै पाठकले कृषि सामग्री कम्पनीको नुवाकोट कार्यालयले उत्पादनलाई भन्दा पनि कोटाको आधारमा मल बितरण गर्दामा बढी कृषि बाली उत्पादन हुने क्षेत्रका किसानलाई मर्का परेको बताउनुभयो ।
पाठकले बाली उत्पादनको आधारमा क,ख र ग क्षेत्रको बर्गीकरण गरेर त्यसैको आधारमा मल र  बिउ बितरण हुनुपर्ने बताउनुभयो । पाठकले भन्नुभयो “नुवाकोटको लिखु गाँउपालीका नुवाकोटको सबै भन्दा बढी धान र आलु उत्पादन गर्ने क्षेत्र हो, रसुवाको कुनै गाँउपालीका र नुवाकोटको लिखु, तादी, बेलकोटगढी, शिवपुरी धानजोनका कमाण्ड एरियाका सहकारीलाई दिने मलको कोटा एउटै हो ? यो न्यायसंगत छ ? सिडियो साप, एसपी साप यहि हुनुहुन्छ हजुरहरुले कृषि सामग्री कम्पनी नुवाकोटको कार्यालयलाई सम्झाइदिनुप¥यो”
१४ करोड बढी सरकारी अनुदान पाएको पुर्व मन्त्री बद्री मैनालीको कोल्ड स्टोरले किसानलाई अन्यया गरेको भन्दै किसानमाथी भएको अन्ययाको बिषयमा प्रशासन पनि दर्शक बनेर बसेको आरोप लगाउनुभयो । सरकारी अनुदानबाट बनेको कोल्ड स्टोरले किसानलाई ५० प्रतिसत सहुलीयत दिनुपर्नेमा अहिले सम्म कुनै वास्ता नगरको भन्दै अध्यक्ष पाठकले कृषि उपज सामग्री राख्नुपर्ने कोल्ड स्टोरमा किसानको ठाँउ खोसेर आर्मीको राशन ठेकेदारको सामान राखिएको समेत बताउनुभयो । 
किसानले कोल्ड स्टोरमा राखेको सामानहरु धमाधम कुहिरहेको जानकारी पाएको बताँउदै अध्यक्ष पाठकले सामान कुहिएमा बिमाबापत रकम लिन पाउनुपर्नेमा उल्टै कुनै दावी गर्न नपाउने भन्दै कोल्ड स्टोरले किसानलाई कागज गराइएको बताउनुभयो । 
May be an image of 8 people and people sitting
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, जिल्लाका प्रहरी प्रमुख, लिखु गाँउपालीकाका अध्यक्ष धु्रव श्रेष्ठ, शिवपुरी गाँउपालीकाका अध्यक्ष गोबिन्दप्रसाद थपलिया लगायतले धानवालीको अवसरमा किसानलाई सुभकामना दिनुभएको थियो । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू