Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

चितवनमा हैजाको जोखिम

बिहीवार, २३ आषाढ २०७९, सगरमाथा पोष्ट.
चितवन, सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ । यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो । यससँगै हेटौँडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन् । भरतपुरको सहरी क्षेत्रमा बर्सातको समयमा डुबान हुने हुँदा यहाँको पानीमा जुनसुकै बेला प्रदूषण हुनसक्ने उच्च जोखिम छ । यससँगै यहाँका सरोकारवालाले हैजाबाट बच्न खानपानमा विशेष ध्यान दिन आग्रह गरेका छन् । भरतपुर अस्पतालका फिजिसियन डा प्रमोद पौडेल मुख्यरुपमा शुद्ध पानी पिउन सुझाव दिनुहुन्छ । उहाँको भनाइमा पानी निर्मलीकरण गरेर पिएमा सङ्क्रमण फैलिन पाउँदैन । शौचालय गएर फर्किएपछि साबुनपानीले राम्रोसँग हात धुन तथा फलफूल सफा पानीले राम्रोसँग धोएर खान उहाँले सुझाव दिनुभयो । पौडेलले भन्नुभयो, “पानी उमालेर वा क्लोरिन हालेर मात्रै पिउनुपर्छ ।” हैजा फैलिएको क्षेत्रमा जाँदा उच्च सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो । खानेपानीको पाइपमा ढल मिसिन सक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । लगातार पातलो चौलानीपानीजस्तो दिसा हुने, पेट दुख्ने, कसैकसैलाई ज्वरो आउने, जल वियोजन हुने, रक्तचाप घट्ने जस्ता लक्षण देखिएमा हैजा हुनसक्ने चिकित्सक बताउँछन् । यससँगै मिर्गौलामा असर गर्ने र मृत्युसमेत हुनसक्ने भएकाले रोगको लक्षण देखिएमा तत्काल चिकित्सककहाँ जान उहाँले सुझाउनुभयो । सङ्क्रमण पानीमार्फत फैलिन नलिन भरतपुर खानेपानी व्यवस्थापन बोर्डले विशेष ध्यान दिएको कार्यकारी निर्देशक प्रजापति दाहाल बताउनुहुन्छ । भरतपुरका डुबान भएका क्षेत्रमा जमेको पानी पाइप फुटेका ठाउँबाट भित्र जान सक्ने भन्दै विशेष निगरानी गरिएको उहाँले बताउनुभयो । ठाउँठाउँबाट नियमितरुपमा नमूना सङ्कलन गरी परीक्षण भइरहेको उहाँले जानकारी दिनुभयो । दुई दिनअघि जिल्ला सरसफाइ तथा स्वच्छता समिति चितवनको बैठकले पानीका स्रोत र वितरणमा विशेष ख्याल गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरमा ९२ प्रतिशतले सरकारी तवरबाट वितरण गरिएको पानी उपभोग गर्दै आएका छन् । जिल्लामा छिमेकी जिल्लाबाट उपचारका लागि बिरामी आउने भएकाले पनि सङ्क्रमणको जोखिम उच्च रहेको चिकित्सकको भनाइ छ । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जोखिम रहने भएकाले उच्च सावधानी अपनाउन सरोकारवाला निकायलाई आग्रह गरिएको बताउनुभयो । रोग भित्रिन नदिन आवश्यक सावधानी अपनाउन भनिएको उहाँको भनाइ छ । भित्रिहालेमा नियन्त्रण र उपचारका लागि आवश्यक प्रबन्ध गरिने उहाँले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू