Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

निःसन्तान दम्पती लक्षित ‘आइभिएफ’ सेवा सञ्चालन

शनिबार, २५ आषाढ २०७९, सगरमाथा पोष्ट.
काठमाडौँ,  कीर्तिपुर नगरपालिकाकी २८ वर्षीया एक महिला जति खुसी देखिन्छिन् त्यतिकै बैतडीकी ३३ वर्षीया महिलाको अनुहारमा पनि चमक छ । निःसन्तान उनीहरुमा अहिले सन्तानका लागि ‘आइभिएफ’(इनभिट्रो फर्टिलाइजेसन) पद्धतिमार्फत गर्भाधान सफल भएपछि उहाँहरुमा खुसी देखिएको हो । चिकित्सकका अनुसार महिलाको पाठेघरको अण्डामा समस्या भएको, बन्ने प्रक्रिया नभएको वा अन्य कुनै महिलाबाट लिनुपर्ने भए वा पुरुषको वीर्यमा कुनै खराबी देखियो भने अण्डा र वीर्य झिकेर संयोजन गराइ प्रयोगशालामा हुने उपकरण (इन्कुबेटर) मा निश्चित दिनसम्म राखिन्छ । यसपछि विकास भएको भ्रुणलाई महिलाको पाठेघरमा राख्ने प्रक्रिया नै ‘आइभिएफ’ पद्धति हो । सुरुआती समयमा कृत्रिम तरिकाले गर्भाधान गराएर भ्रुणलाई ट्युबमा विकास गरिने भएकाले यसलाई ‘टेस्ट ट्युब बेबी’ भनिएको हो । यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा क्रियाशील संस्था नेपाल परिवार नियोजन सङ्घले पहिलोपटक सञ्चालनमा ल्याएको ‘टेष्ट ट्युब बेबी तथा बाँझोपन उपचार केन्द्र’ मा उनीहरुले ‘आइभिएफ’ सेवा लिइरहेका छन् । निःसन्तान दम्पतीलाई लक्षित गर्दै सङ्घले गत चैत महिनादेखि सो केन्द्र सञ्चालनमा ल्याएको थियो । केन्द्रका प्रमुख डा स्मिता कर्माचार्यले भन्नुभयो, “मार्चदेखि सुरु ‘आइभिएफ’ क्लिनिकमा दुईजनाको ‘टेष्ट ट्युब बेबी’का लागि गर्भाधारण गराउन सफलता मिलेको छ । उहाँहरुको स्वास्थ्य पनि राम्रो छ । आशा छ उहाँहरुले स्वस्थ नवजात शिशुलाई जन्म दिनुहुनेछ ।” विश्वव्यापी रुपमा आइभिएफ विधिको सफलता ४५ देखि ५० प्रतिशतसम्म रहेको जनाइएको छ । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा कर्माचार्यका अनुसार यही असार अन्तिम तथा आगामी साउनको पहिलो हप्तामा निःसन्तान आठ महिलालाई ‘आइभिएफ’ सेवा दिने तयारी थालिएको छ । यसका लागि सङ्घले मोडेल अस्पतालसँग सहकार्य गरेको छ । यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यका क्षेत्रमा उपचारात्मक तथा प्रवद्र्धनात्मक दुवै सेवा प्रदान गरिराखेको सङघले आफ्नो स्थापनाको ६३ वर्षपछि सो क्लिनिक सञ्चालनमा ल्याएको थियो । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको तत्कालीन मन्त्रिमण्डलमा एकमात्र महिला सहायकमन्त्री द्वारिकादेवी ठकुरानीले सङ्घको स्थापना गर्नुभएको थियो । उहाँले पहिलो स्वास्थ्य सहायकमन्त्री बन्ने शौभाग्यसमेत पाउनुभएको थियो । सङ्घका व्यवस्थापक डा नरेशप्रताप केसीले भन्नुभयो, “सङ्घले प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक सबै प्रकारका क्लिनिकल सेवा प्रदान गरिराखेको छ । हाम्रो सेवा सस्ता छन् साथै असाहय, विपन्नका लागि निःशुल्क पनि छन् । सुरक्षित गर्भपतन सेवा, वैवाहिक समानतामा निरन्तर पैरवी तथा परिवार व्यवस्थापनका सेवा निरन्तर जारी छन् ।” सङ्घले ‘आइभिएफ’ क्लिनिक सेवाका लागि रु दुई लाख ३० हजार शुल्क निर्धारण गरेको छ । यो सेवा परोपकार प्रसूति अस्पतालमा रु दुई लाख २० हजार तथा निजी अस्पतालमा रु तीन लाखभन्दा माथि रहेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विवाहिता दम्पतीमध्ये २० प्रतिशतमा निःसन्तान हुने समस्या छ । चिकित्सकका अनुसार दम्पतीले एक वर्षसम्म परिवार नियोजनका साधन प्रयोग नगरिकन नियमित शारीरिक सम्बन्धमा रहँदा भ्रुण बसेन भने यसलाई बाँझोपन भनिन्छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू