Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

राप्ती हाइड्रोको आइपिओ खुला

बुद्धबार, २९ आषाढ २०७९, सगरमाथा पोष्ट.
काठमाडौँ, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको शेयर बिक्री नभएर बाँकी रहेका ३७ हजार ६२३ कित्तासहित कूल २३ लाख ६६ हजार २४० कित्ता शेयर निष्कासन गरेको जनाएको छ । कम्पनीले जारी गरेको आह्वानपत्रानुसार कूल निष्कासित शेयरमध्ये तीन प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात एक लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यसमा बाँकी रहेका २१ लाख ७६ हजार ९४० कित्ता शेयरका लागि सर्वसाधारण लगानिकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आगामी साउन १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्म आवेदन दिन सक्ने र उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा साउन ११ गतेसम्म समय थप हुने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था सार्थै मेरो शेयर’को वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने छ । कम्पनीलाई इक्रा नेपालर्ले इक्राएनपी आईआर बी’ रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सह निश्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू