Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धिनेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

बिहीवार, ३० आषाढ २०७९, सगरमाथा पोष्ट.
काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.७१ अङ्कले उकालो लागेर दुई हजार १.५३ अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७८ अङ्कले उकालो लागेर ३८३.१४ मा पुगेको छ । कूल २२० कम्पनीको ६२ लाख १० हजार ९०८ कित्ता शेयर रु दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार ५९९ मूल्यमा कारोबार भए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ५८ अर्ब एक करोड ८३ लाख बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ७.३, व्यापार ५.९१, होटल तथा पर्यटन १०.७, विकास बैंक ३३.०७, जलविद्युत् ४७.२८, वित्त २५.२६, निर्जीवन बीमा २८.७७, उत्पादन ३७.९६, अन्य ५.०४, लघुवित्त ५५.५२, जीवन बीमा ११.७८, सामूहिक लगानी ०.११ र लगानी ०.०३ अङ्कले उकालो लाग्यो । कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु ३० करोड १८ लाख ८६ हजार ७३८ बराबरको कारोबार भयो । माथिल्लो तामाकोसी रु १४ करोड १३ लाख ८१ हजार ३८१, एशियन लाइफ इन्स्योरेन्स रु आठ करोड ४६ लाख ५८ हजार ८४४, शिवम् सिमेन्ट रु आठ करोड ३९ लाख ७१ हजार ५१६ र हिमालयन डिस्टिलरी रु छ करोड ६४ लाख ४३ हजार ५३६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार एनआइबीएल प्रगति फण्ड ९.९८, प्रभु सेलेक्ट फण्ड ७.९७, माथिल्लो तामाकोसी ७.१४, नबिल ब्यालेन्स फण्ड दोस्रो ६.९० र रिभर फल्स पावरका लगानीकर्ताले ६.३९ प्रतिशतले कमाए । त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स ५.०१, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.३१, समिट लघुवित्त ३.०९, लक्ष्मी लघुवित्त ३.०१ र नेपाल एसबीआई बैंकका लगानीकर्ताले २.८४ प्रतिशतले गुमाए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू