Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

एन्जल्स एसइई कपको उपाधी नमुनालाई, ३० हजार सहित बिजेता सबै खेलाडीले पाए १२ कक्षा सम्म पुर्ण छात्रबृत्ति

शुक्रबार, ३१ आषाढ २०७९, सगरमाथा पोष्ट.
काठमाण्डौं । काठमाडौंको तारकेश्वर नगरपालीका १० मनमैजु स्थित एन्जल्स हर्ट स्कुल तथा कलेजको आयोजनामा भएको चारदिने फुटसल प्रतियोगिता सम्पन्न भएको छ । 
तारकेश्वर ९ स्थीत एवान फुटसलमा भएको प्रतियोगिताको उपाधी नमुना समुहले जितेको छ । बिजेता नमुना समुहका खेलाडीहरुले नगद रु ३० हजार, ट्रफि र टिमका सबै खेलाडी विद्यार्थीहरुले एन्जल्स हार्ट कलेजमा १२ कक्षा सम्म पढनको लागि पुर्ण छात्रबृत्ति प्राप्त गरेका छन् । 
त्यस्तै प्रतियोगिताको द्धितिय स्थान मनास्लु वल्डका विद्यार्थीहरुले जित्न सफल भएका छन् । द्धितिय स्थान बिजेताले नगद रु २० हजार, मेडल सहित एन्जल्स हार्ट कलेजमा १२ कक्षा सम्म अध्यनका लागि ७५ प्रतिशत छात्रबृत्ति प्राप्त गरेका छन् । 
एन्जल्स एसईई कप खेलकुदमा ३२ टिमका विद्यार्थीहरु सहभागी भएका छन् । खेलमा सहभागी सवै विद्यार्थीहरुलाई आयोजक एन्जल्स हार्ट कलेजले १२ कक्षा सम्म अध्ययनका लागि २५ प्रतिशत छात्रबृत्ति दिने एन्जल्स हार्ट कलेजका प्रिन्सीपल धनबहादुर पुनले जानकारी दिनुभयो । 
प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिमकुमार गुरुङले पुरस्कार वितरण गर्नुभयो । पुरस्कर वितरण समारोहमा तारकेश्वर प्याब्सनका अध्यक्ष तथा एन्जल्स हर्ट कलेजका पिन्सीपल धनबहादुर पुन, एन्जल्स स्पोर्टसका अध्यक्ष खिम थापा, एन्जल्स हार्ट नेश्नल स्कुलका प्रिन्सीपल टक बहादुर थापा लगायतको उपस्थीति रहेको थियो । 
भलिबल, बास्केटबल र एथलेटिक्स प्रतियोगिता आयोजना गर्दै आएकोमा एन्जल्स हार्टले पहिलो पटक फुटसल आयोजना गरेको एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुनले बताउनुभयो । लिग कम नकआउट आधारमा भएको थियो । 
No description available.

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू