Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

आईतवार, १ श्रावन २०७९, सगरमाथा पोष्ट.
काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको समाचार प्रदायक संस्था राष्ट्रिय समाचार समिति (रासस)ले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित समाचार संस्थाका रूपमा विकास गरोस् भनी शुभकामना दिनुभएको छ । राससले आजदेखि सुरुआत गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाका लागि शुभकामना दिँदै मन्त्री कार्कीले नेपालमा छ दशकभन्दा लामो समयदेखि स्वदेशी तथा विदेशी समाचारको मुहानका रूपमा सेवा गर्दै आएको राससले आफूलाई नेपालमा मात्र नभएर दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो । मन्त्री कार्कीले मुलुकका सञ्चारमाध्यमहरूलाई समाचार सेवा प्रदान गर्दै आएको समाचार प्रदायक समाचार समिति राससको नेपालको पत्रकारिताको इतिहासमा अलग्गै पहिचान रहेको बताउनुभयो । सो शुभकामना सन्देशमा मन्त्री कार्कीले राससले समाचार प्रदायक संस्थाका रूपमा आफूलाई समयानुकूल विकास गर्दै द्रूतरूपमा विकास भएको सूचना प्रविधिअनुरुप आफ्ना सेवाहरूमा विविधिकरण गरी समयानुकूल परिमार्जन र सुधार गर्दै लैजानुपर्ने सुझाव दिनुभयो । सन्देशमा उहाँले भन्नुभएको छ ‘‘अहिलेको सूचना र प्रविधिको युगमा राससले समयको मागअनुुसार आफू र आफ्ना सेवाहरूलाई प्रभावकारी र गतिशील बनाउँदै लैजानुपर्छ ।’’ मन्त्री कार्कीले राससले आजदेखि सुरु गर्न लागेको भिडियो सेवाबाट नेपालका टेलिभिजनसहित सबै ‘डिजिटल मिडिया’ लाभान्वित हुन सकुन् र यस सेवा राससमा दिगो र प्रभावकारी बन्न सकोस् भनी कामना गर्नुभएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू