Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत

आईतवार, १ श्रावन २०७९, सगरमाथा पोष्ट.
रबिन थपलिया । काठमाण्डौं । नेपाली कांग्रेस काठमाण्डौं, प्रदेश सभा क्षेत्रिय कार्यसमिति ६ ख ले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा पुर्व रक्षा मन्त्री एवं संघिय संसद भिमसेनदास प्रधानको बिशिष्ट आतिथ्यतामा असार ३२ गते नेपालटार स्थीत कान्तिपुर एवी पार्टी प्यालेसमा सम्मान कार्यक्रम गरेको हो । 
No description available.
प्रदेश सभा क्षेत्रीय कार्यसमितिद्धारा तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी, काठमाण्डौं महानगर २८ नम्बर वडाका अध्यक्ष भाइराम खडगी, महानगरको वडा नं २६ का ख्याम तिवारी, तारकेश्वर ११ का वडा अध्यक्ष कबिराज बस्नेत, वडा नं १० का कुमार राई, तारकेश्वर नगरपालीकाका कार्यपालीका सदस्य शान्ता थपलिया, गिता नेपाली, टोखा नगरपालीकाका बिभिन्न वडाका वडा अध्यक्षहरु, तारकेश्वर नगरकार्यपालीका बिभिन्न वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, जिल्ला समन्वय समितिका सदस्यहरु लगायत स्थानीय निकायमा बिजयी भएका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । 
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय निकायमा निर्वाचीत जनप्रतिनिधिहरुलाई आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गरेर जनताको मन जित्ने गरी काम गर्नका लागि आग्रह गर्नुभयो । 
पौडेलले भन्नुभयो “स्थानीय निकाय भनेको प्रदेश र प्रतिनिधिसभाको मेरुदण्ड हो, देशैभरी काँग्रेस पहिलो पार्टी भएर स्थानीय निकायमा राम्रो उपस्थीति समेत जनाइसकेको छ, अव प्रदेश र प्रतिनिधिसभामा बहुमत ल्याउने गरी तपाँईहरुले लाग्नुप¥यो”
पौडेलले काँग्रेसले जितेका स्थानीय निकायहरुले जनतालाई बिगतको भन्दा फरक तरीकाले चलीरहेको छ भन्ने प्रत्याभुती हुनेगरी सेवा दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “तपाँईहरु जनप्रतिनिधि भएर कमाउन आउनु भएको होइन, जनप्रतिनिधि भएर पार्टीलाई सहयोग गर्नका लागि आउनु भएको हो, पदमा बसेर बदनाम हुनेगरी काम गर्नुभयो भने तपाँईहरु र पार्टीलाई समेत असर पर्ने भएकाले बिचार गरेर काम होला ”
May be an image of 1 person, sitting and standing
कार्यक्रममा पुर्व रक्षामन्त्री एवं संघिय संसद भिमसेनदास प्रधानले नेपाली काँग्रेसलाई बलियो बनाउने ७० बर्षको उमेरहदलाई पार्टी भित्र लागु गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “आर्यघाटमा नपुग्दा सम्म पद नछाडे परिपाठीको बिकास भयो यसले पार्टीलाई मात्र होइन देशलाईनै हानी पुग्दछ” 
नेता प्रधानले परिवारबादका कारण श्रीलंकाले दुर्दशा भोगेको कुराबाट सबैले पाठ सिक्नु पर्ने बताँउदै राजनीतिमा परिवारबादको अन्त्य गरिनुपने बताउनुभयो । 
संसदीय प्रणामीमा बहुमत र अल्पमत हुने भएकाले स्वतन्त्रहरुको अस्थीत्व कम्जोर हुने बताँउदै नेता प्रधानले महानगरमा बालेनले जित्नु एउठा ठुलो पहाडमा मुसा कुंदनु जस्तै रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “ काठमाण्डौं महानगरमा बजेट, नीति तथा कार्यक्रम पास गर्दामा बहुमत चाहिन्छ, काँग्रेसले १९ वटा वडा अध्यक्ष जितेको छ, बहुमत हाम्रो छ, हामीले सहयोग नगरे महानगरको बजेट समेत पास हुन्न, अब महानगरमा बालेन्द्र एक्लोले जितेर के हुन्छ ?”
No description available.
नेपाली काँग्रेस काठमाण्डौंका सभापति सबुजकृष्ण बानियाँले तारकेश्वर टोखा नगरपालीकामा काँग्रेसलाई एक्लै प्रतिष्पर्धा गराउन आफुले ठुलो जोखिम मोलेको बताँउदै हिजो कम्युनिष्ट गरेको जस्तै गल्ती हुने गरी स्थानीय निकाय नचलाउन सुझाब दिनुभयो ।
स्थानीय निकायको निर्वाचनमा टिकट पाउने क्रममा भएका कमिकम्जोरीबाट पाठ सिक्नु पर्ने बताँउनै सभापति बानियाँले भन्नुभयो “प्रदेश र प्रतिनिधिसभामा टिकट चाहने आकंक्षीहरु धेरै छन, म एउटै सुझाब दिन्छु, सक्नुहुन्छ आफुले टिकट जितेर ल्याउनुहोस, सक्नुहुन्न टिकट पाउने साथीलाई जिताएर देखाउनुहोस”
No description available.
नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खडगीले प्रदेश र प्रतिनिधिसभामा टिकटको दावी गरिरहंदा पार्टीलाई क्षती नपुग्ने गरी दाबेदार गर्नको लागि आग्रह गर्नुभयो । 
सभापति खडगीले टिकटका लागि कार्यकर्ताहरुलाई नै दुवीधामा पार्ने गरी नचाहिने किसीमको प्रतिष्पर्धामा नउत्रन आग्रह गर्नुभयो । 
नेता खडगीले काठमाण्डौंमा बालेनले जित्नु र बर्षामा खहरे उर्लनु उस्तै रहेको बताउनुभयो । 
No description available.
तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जनले स्थानीय निकायको निर्वाचनमा सहि तरीकाले टिकट बितरण गरिएकाले तारकेश्वरमा राम्रो परिणाम आएको बताँउदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसलाई जिताउने गरी काम गर्ने बताउनुभयो । 
कार्यक्रममा काठमाण्डौं महानगरपालीकाकी पुर्व उपमेयर हरीप्रभा खडगीले महानगरमा स्वतन्त्र उम्मेद्धवारले जित्नु सामान्य कुरा नभएको बताँउदै टिकट बितरणमा गरिएका गल्तीहरुलाई अब पनि सुधार गर्न नसकिएमा काँग्रेसलाई टर्चबालेर खोज्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयो । 
No description available.
नेपाली काँग्रेस काठमाण्डौं, क्षेत्र नं ६ ख का सभापति बिष्णुभक्त तिमिल्सीनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस बाग्मती प्रदेशका सदस्य हरीहरी अधिकारी, तारकेश्वर नगरपालीकाकी उपमेयर सृजना बुर्लाकोटी, काठमाण्डौं महानगर २६ का अध्यक्ष ख्यामराज तिवारी, तारकेश्वर नगरपालीका ११ का अध्यक्ष कबिराज बस्नेत लगायतले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउन सबै आ आफनो ठाँउबाट लागि पर्नुपर्ने बताउनुभएको थियो । 
No description available.
No description available.
May be an image of 7 people and people standing
No description available.
यस अनलाइनमा प्रकाशीत समाचारहरु बिभिन्न अनलाइनहरुले बिना अनुमती आफनै समाचार जस्तै गरी हुबहु प्रकाशन गरिरहेको भन्ने सुन्नमा आएकाले बिना अनुमती र श्रोत र समाचारदाताको नाम बिना हुबहु प्रकाशन नगर्न नगराउन अनुरोध गरिन्छ । सम्पादक

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू