Previous Version
Saturday, Oct 01, 2022  |  शनिबार, १५ असोज २०७९   |  नेपाली समय लोड हुदैछ...
नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने पत्रकार पक्राउ कामपाको प्रवक्तामा मानन्धर १३५ सङ्क्रमित फेला, एकको मृत्यु उपसभामुखद्वारा पदभार ग्रहण नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्छ : राष्ट्रपति भण्डारी सभामुख सापकोटासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट सरकारले आयाल निगमलाई रु सात अर्ब ऋण दिने महोत्तरीमा अचाक्ली गर्मी दश वस्तुको आयात प्रतिबन्ध निरन्तर साउन लागेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, उपमेयर सृजना बुर्लाकोटी सहित जनप्रतिनिधि सम्मानीत राससले आफूलाई दक्षिण एसियाकै एक सुपरिचित संस्थाका रूपमा विकास गरोस् : मन्त्री कार्की

महोत्तरीमा अचाक्ली गर्मी

आईतवार, १ श्रावन २०७९, सगरमाथा पोष्ट.
जलेश्वर, विगत एक सातादेखि महोत्तरीमा अचाक्ली गर्मी बढेको छ । बिहानैदेखि दिनभरि चर्को घाम लाग्ने, दिउँसो तातो हावा र रातभर घरभित्र गुम्सनुपरेकाले जिल्लावासीलाई कठिन भएको छ । अहिले दैनिक जिल्लाको तापक्रम ३८÷४० डिग्रीसम्म पुग्ने गरेको छ । अत्यधिक गर्मीका कारण बिना काम मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । गर्मीकै कारण अहिले मजदुरहरु मजदुरी गर्न जाँदैनन् भने घर बाहिरको निर्माणसँग सम्बन्धित कामकाजमा पनि असर परेको छ । गर्मीका कारण बिहानैदेखि जिल्लाको गाउँ टोल र सहर बजार सबै सुनसान देखिन्छ । गमीले बालबालिका र बृद्धबृद्धालाई बढी असर हुनाका साथै गर्मीका कारण ज्वरो, झाडापखाला, टाईफाईडजस्ता बिरामीको संख्या बढ्दै गइरहेको स्थानीयबासीले बताए ।यसैगरी घमौरा र अन्य छालाजन्य रोगले पनि जिल्लाबासीलाई सताउन थालेको छ । गर्मीका कारण गाउँ गाउँमा रहेका पोखरी, तलाउ, इनार र नदीहरु पनि सुकिसकेकाले मानिससहित पशुपंक्षीलाई खाने पानीको समस्या उत्पन्न भएको उनीहरुको भनाइ थियो । महोत्तरीमा धान बालीको लागि समेत पानी नपर्दा रोपाई नभएर कतिपय खेती बाँझो रहेको छ भने बजारमा हरियो सागसब्जी पाउन पनि मुस्किल भएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू